
काठमाडौ, ११ भदौ। रसुवाको टिमुरेबाट १०५ जनाको सकुशल उद्धार भएको छ ।
नेपाली सेनाले आज बिहान सञ्चालन गरेको रेस्क्यु अपरेशनमार्फत रसुवाको टिमुरेबाट १०५ जनालाई सकुशल उद्धार गर्न सफल भएको हो । उद्धार गरिएकामध्ये ६ जना विदेशी पर्यटक रहेका छन् ।
यसै क्रममा टनेलबाट ७ जना नेपाली नागरिकलाई समेत सफलतापूर्वक इभाकुएसन गरिएको छ ।
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार मैलुङ हाइड्रोपावरको ३ ए टनेलबाट उनीहरूको उद्धार भएको हो ।
