
काठमाडौं, २१ भदौ। रसुवाको आमाछोदिङ्मो गाउँपालिका–३, गत्लाङकी २९ वर्षीया फुर्पु यामो तामाङ र उनका नवजात शिशुको हवाई उद्धार गरिएको छ ।
फुर्मुले गत्लाङ स्वास्थ्य चौकीमा बच्चा जन्माएकी थिइन् । तर, आमा र नवजात शिशु दुवैमा जटिल स्वास्थ्य समस्या देखिएपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौंस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा ल्याइएको हो ।
भदौ १० गते भोटेकोशी बाढीपछि आमाछोदिङ्मो गाउँपालिका सडक सञ्जालबाट पूर्ण रूपमा विच्छेद छ । त्यसैले तत्काल स्वास्थ्य संस्थासम्म पुर्याउन सम्भव नभएपछि हवाई उद्धार गरिएको हो ।
