लागूऔषध कारोबारमा संलग्न १५ जना नियन्त्रणमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र ५, बिहिबार (१ महिना अघि)
  • १२७ पटक पढिएको
लागूऔषध कारोबारमा संलग्न १५ जना नियन्त्रणमा

काठमाडौं, ०५ चैत। नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागुऔषधसहित विभिन्न स्थानबाट १५ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापा, बारा, महोत्तरी, चितवन र कञ्चनपुरबाट उनीहरू गत मङ्गलबार र बुधबार पक्राउ परेका हुन् ।

भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कबाट चिकित्सकको सिफारिसमा मात्र खरिदबिक्री गर्न पाइने औषधिसहित एक जना, भद्रपुर नगरपालिका–६ बाट खैरो हेरोइनसहित सात जना, बाराको जितपुरसिमरा उपमहानगरपालिका–३ लल्का पुल नजिकबाट नौ किलो गाँजासहित दुई जना, महोत्तरीको बर्दिबास नगरपालिका–३ बाट खैरो हेरोइनसहित चार जना र कञ्चनपुरको बेलौरी नगरपालिका–१० घाँटबाट एक जनालाई पक्राउ गरिएको हो ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस