विद्यालय बस दुर्घटना: सात विद्यार्थी घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ पौष २१, सोमबार (४ महिना अघि)
  • ४१ पटक पढिएको
विद्यालय बस दुर्घटना: सात विद्यार्थी घाइते

कपिलवस्तु, २१ पुस। कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर ३ बर्सौलीमा विद्यार्थी बोकेको स्कुल बस पल्टिँदा सात जना विद्यार्थी घाइते भएका छन्। 

सोमबार बिहान पौने नौ बजेतिर बर्सौली भित्री सडक खण्डमा फुलिकाबाट बगदीतर्फ आउँदै गरेको लु १ क ५७२२ नम्बरको सनलाइट इङ्लिस बोर्डिङको बस पल्टिएको हो। शुद्धोदन गाउँपालिका १ बगदीमा रहेको स्कुलको स्कुल बस दुर्घटना हुँदा ७ जना विद्यार्थी सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय पकडीले जनाएको छ। 

दुर्घटनामा मायादेवी गाउँपालिका ३ खैरेटी बस्ने वर्ष १२ को प्रान्सु पाल, वर्ष १४ की अनिता बराई, ११ को विशेष थारु, वर्ष ८ को अमन यादव, वर्ष ८ को सुदिप यादव, टिकौली बस्ने वर्ष १० की आईसा भट्टराई, वर्ष १४ की गुन्जा कहार घाइते भएका हुन्। घाइतेहरूलाई युनिभर्सल मेडिकल कलेज भैरहवा उपचारका लागि पठाइएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस