सरकारी कार्यालय अब बिहान ९ देखि दिउँसो ४ बजेसम्म खुल्ने

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ कार्तिक १६, आईतबार (१ घण्टा अघि)
  • ४४ पटक पढिएको
सरकारी कार्यालय अब बिहान ९ देखि दिउँसो ४ बजेसम्म खुल्ने

रौतहट ,१५ कात्तिक।  भोलि कात्तिक १६ गतेदेखि सरकारी कार्यालयको समय परिवर्तन हुने भएको छ । सरकारले जाडोयामको समयतालिकाअनुसार सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म कायम गरेको हो ।

यसअघि नै नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाबाहेकका निकायमा कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ ।

यसअघि बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म कार्यालय समय कायम थियो ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस