विपक्षी दलको अवरोधका कारण राष्ट्रिय सभा बैठक रोकियो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ १९, मंगलबार (८ घण्टा अघि)
  • २५ पटक पढिएको
विपक्षी दलको अवरोधका कारण राष्ट्रिय सभा बैठक रोकियो

काठमाडौ, १९ जेठ। राष्ट्रिय सभा बैठक स्थगित भएको छ । विपक्षी दलहरूले अवरोध गरेपछि बैठक स्थगित भएको अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे ।

उनका अनुसार, बैठक भोलि दिउँसो सवा १२ बजेसम्मका लागि स्थगित गरिएको हो ।

प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा बैठकमा दिएको सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिनुपर्ने बताउँदै विपक्षी दलहरूले अवरोध गरेका हुन् ।

बैठक सुरु हुनासाथ उनीहरू उठेर अवरोध गरेका थिए । त्यसपछि अध्यक्ष दाहालले बोल्न समय दिए ।

उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार भएको भन्दै फिर्ता लिन माग गरे । अहिले उनीहरू बैठकमा उठेर विरोध गरिरहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस