विपत्तिमा पीडितको मजाक उडाउने भिडियो राख्ने व्यक्ति साइबर ब्युरोको नियन्त्रणमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र २२, सोमबार (३ घण्टा अघि)
  • ४० पटक पढिएको
विपत्तिमा पीडितको मजाक उडाउने भिडियो राख्ने व्यक्ति साइबर ब्युरोको नियन्त्रणमा

 काठमाडौं, २२ भदौ। बाढीपीडितलाई अपमानित गराउने किसिमका भिडियोहरू सामाजिक सञ्जालमा राखेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बैतडीको सुर्नया गाउँपालिका–७ घर भइ काठमाडौं चन्द्रागिरी नगरपालिका–१२ बस्दै आएका २४ वर्षीय वीरेन्द्र मडै छन् ।

उनलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीले पक्राउ गरेको हो ।

उनले भोटेकोशी बाढी पीडित तथा विभिन्न जात जाती लक्षित होच्याउने, अपमानित गर्ने र विपत्तिमा खुसी मनाएको भिडियो सामाजिक सञ्जालमा राखेको प्रहरीले बताएको छ । उनीविरुद्ध साइबर कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस