संसदीय समितिका चार सभापतिले लिए पद तथा गोपनीयताको शपथ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र २५, बुधबार (२ हप्ता अघि)
  • २५ पटक पढिएको
संसदीय समितिका चार सभापतिले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं, २५ चैत्र । राष्ट्रिय सभा अन्तर्गतका चार वटा संसदीय समितिका सभापतिले शपथ लिएका छन् ।

सिंहदरवारमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

समिति सभापतिको निर्वाचन मंगलबार भएको थियो ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा कृष्ण प्रसाद पौडेल, विधायन व्यवस्थापन समितिको सभापतिमा कृष्ण बहादुर रोकाया, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा पूजा चौधरी र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा जयन्ती देवी राई निर्विरोध निर्वाचित भएका छन् ।

बुधबार चारै जना नवनिर्वाचित सभापतिले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस