सडक भासिएपछि नागढुंगा सुरुङमार्ग सञ्चालनमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र १७, बुधबार (१ घण्टा अघि)
  • ३ पटक पढिएको
सडक भासिएपछि नागढुंगा सुरुङमार्ग सञ्चालनमा

काठमाडौं, १७ भदौ। काठमाडौंबाट मुग्लिनतर्फ बाहिरिने सवारी साधनमध्ये पेट्रोलियम पदार्थ बोकेका र दुई पाङ्ग्रे सवारी साधनबाहेक सबैलाई नागढुंगा सुरुङमार्ग खुला गरिएको छ ।

नागढुंगा पातले वनमा सडक भासिएपछि आवागमन प्रभावित भएको छ । अहिले पेट्रोलियम पदार्थ बोकेका सवारी र मोटरसाइकलहरूलाई भने सोही स्थानबाट एकतर्फी आवतजावतको व्यवस्था मिलाइएको सडक विभागले जनाएको छ ।

विभागका अनुसार सडक भासिएको स्थानमा भने प्राविधिक अध्ययनपछि मात्र मर्मतको काम सुरु हुनेछ । त्यसपछि पूर्ण रुपमा सडक सञ्चालनमा ल्याउनेबारे छलफल भइरहेको विभागले जनाएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस