सरकारमाथि कांग्रेसको कटाक्ष : फिल्डभन्दा फेसबुकमै बढी सक्रिय

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र १७, बुधबार (४५ मिनेट अघि)
  • ४८ पटक पढिएको
सरकारमाथि कांग्रेसको कटाक्ष : फिल्डभन्दा फेसबुकमै बढी सक्रिय

काठमाडौं, १७ भदौ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले विपद्को बेलामा सरकार सामाजिक सञ्जालमै अल्झिएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभा बैठकमा पार्टीको तर्फबाट सम्बोधन गर्ने क्रममा उनले यस्तो आरोप लगाएका हुन् ।

साथै, उनले सरकार परिणाम दिन र प्राण जोगाउन भन्दा प्रचार मिलाउन लागेको बताए ।

‘स्थलगत अवलोकन र उद्धारको पर्खाइमा पीडित परिवारका गन्थन सुनेपछि आज यो संसद्मा भन्न बाध्य भएको छु, सरकार सामाजिक सञ्जालमा अल्झियो,’ उनले भने, ‘जोखिम समुदायमा समयमा पुग्न सकेन । सरकार परिणाम दिन र प्राण जोगाउन भन्दा प्रचार मिलाउन लाग्यो । फिल्डमा भन्दा फेसबुकको हल्लामा लाग्यो ।’

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस