सरकारसँग सहमति जुटेपछि आन्दोलन छाडेर घर फर्किए लघुवित्तपीडित

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ७, आईतबार (२ हप्ता अघि)
  • ९३ पटक पढिएको
सरकारसँग सहमति जुटेपछि आन्दोलन छाडेर घर फर्किए लघुवित्तपीडित

काठमाडौ, ०७ भदौ। ललितपुरको पुल्चोकस्थित मानव अधिकार आयोगको कार्यालय बाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू नेपाल सरकारसँग सहमति भएपछि आज आ-आफ्नो घर फर्किएका छन्।

नेपाल सरकार र ऋणीहरूका प्रतिनिधिबिच हिजो भदौ ६ गते भएको वार्तामा १४ बुँदे सहमति भएसँगै धर्ना कार्यक्रम स्थगित भएको हो।

​सहमति पश्चात् आज बिहान ८:५० बजेदेखि सरकारले साझा यातायातका बसहरूको व्यवस्था गरी उनीहरूलाई गन्तव्यतर्फ पठाएको छ।

विभिन्न सरकारी निकायका अधिकारीहरुको उपस्थितिमा ३२३ जना ऋणीहरूलाई ८ वटा बसमार्फत बिदाइ गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र नवलपरासी लगायतका जिल्लाका ऋणीहरूलाई आ-आफ्नो क्षेत्रतर्फ पठाइएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस