सिंगापुर बेभरेजेजद्वारा विपद् उद्धार कोषमा २० लाख सहयोग

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र १५, सोमबार (४५ मिनेट अघि)
  • ३३ पटक पढिएको
सिंगापुर बेभरेजेजद्वारा विपद् उद्धार कोषमा २० लाख सहयोग

काठमाडौ, १५ भदौ। झापाको मेचीनगर-४ मा रहेको सिंगापुर बेभरेजेज नेपाल प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितलाई राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले कोषमा उक्त सहयोग गर्ने निर्णय भएको सिंगापुर बेभरेजेजले जनाएको छ ।

राष्ट्र र नागरिकमाथि परेको यस कठिन घडीमा कम्पनी र कर्मचारीहरूको सामूहिक ऐक्यबद्धता एवं सामाजिक उत्तरदायित्वस्वरूप उक्त सहयोग गरिएको कम्पनीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस