सुन खरिद गर्नेलाई झट्का, चाँदी पनि महँगियो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण १०, आईतबार (१ घण्टा अघि)
  • २५ पटक पढिएको
सुन खरिद गर्नेलाई झट्का, चाँदी पनि महँगियो

काठमाडौँ, १० साउन। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ६ सय र चाँदी रु ६० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ८७ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको भाउ रु चार हजार ४१० निर्धारण भएको छ ।

गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८५ हजार ५०० र त्यति नै परिमाणको चाँदीको भाउ रु चार हजार ३५० निर्धारण भएको थियो । गत बिहीबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९१ हजार ३०० र चाँदी रु चार हजार ५०५ मा कारोबार भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस