सुरक्षा अवस्थाबारे तीनवटै सुरक्षा प्रमुखसँग प्रधानमन्त्रीको छलफल

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र २४, बुधबार (६ घण्टा अघि)
  • ४८ पटक पढिएको
सुरक्षा अवस्थाबारे तीनवटै सुरक्षा प्रमुखसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं, २४ भदौ।
प्रधानमन्त्री बालेन शाहले  तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन् ।

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित परिस्थिति, समग्र खोज, उद्धार, राहत वितरण र उपचार लगायतका विषयमा विस्तृत ब्रिफिङ लिने र आवश्यक निर्देशन दिने उद्देश्यले  शाहले छलफल सुरु गरेका हुन् ।

​सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा  शाहले अहिले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल गरिरहेकाे उनकाे सचिवालयले जानकारी दियाे ।

लगत्तै नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि आजै छलफल गर्ने कार्यक्रम रहेको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस