हतियार र लागुऔषधसहित एक जना प्रहरी नियन्त्रणमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण ६, बुधबार (१२ घण्टा अघि)
  • ५२ पटक पढिएको
हतियार र लागुऔषधसहित एक जना प्रहरी नियन्त्रणमा

विराटनगर, ०६ साउन। प्रहरीले विराटनगरबाट पेस्तोल र लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । बुधबार बिहानको राति विराटनगर महानगरपालिका–१८ झटियाही बुधनगरबाट ५९ वर्षीय लालकिशोर यादवलाई पक्राउ गरेको हो ।

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार यादवको घरमा प्रहरीले छापा मारेर एक थान कटुवा पेस्तोल, लागुऔषध खैरो हेरोइन ३ ग्राम ०७ मिलिग्राम र ८ ग्राम ४८ मिलिग्राम गाँजा बरामद भएको हो ।

पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान अघि बढाइएको उनले बताए । उनीविरुद्ध हातहतियार खरखजना र लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस