आरके श्रीवास्तव । कटहरिया । फाल्गुन २२ गते
रौतहट जिल्लाको कटहरिया नगरपालिकामा दोस्रो चरणको कोरोना लगाइने भएको छ । देशैभरि जेष्ठ नागरिकहरू लाई कोरोना विरूद्वको खोप लगाउने क्रममा कटहरिया नगरभरिका जेष्ठ नागरिकहरू लाई पनि खोप लगाइने भएको छ । यहीँ आउँदो मिति २०७७ फाल्गुन २३ गते आइतबार देखि फाल्गुन २६ गते बुधबार सम्म ६५ वर्ष भन्दा माथिका बृद्वबृद्वाहरू लाई खोप लगाइने कटहरिया नगरपालिकाका स्वास्थ्य संयोजक अमरिश भगतले जानकारी गराउनु भएको हो । कटहरिया नगरपालिकाको सभा हलमा शुक्रबार खोप समन्वय समितिको बैठक बसेको थियो । बैठकमा खोप संचालन गरिने बारे जनाइएको थियो । बैठकमा खोप बारे बताउँदै भगतले भने कोरोना विरूद्वको खोपले कुनै साइड ईफेक्ट नहुने भएकोले ढुक्क भएर खोप लगाउनका लागि अभिप्रेरित गर्न उपस्थित सबै जनालाइ उनले आग्रह गरेका थिए । साथै १४ वर्ष मुनिका उमेर समूह र गर्भवती महिला , दिर्घरोगी , गम्भीर प्रकृतिका बिरामीहरू लाई पनि खोप नलगाउन उनले आग्रह गरे । खाप लगाउन आउँदाखेरि आफनो उमेर समूह पहिचान खुल्ने परिचयपत्रका साथ आउन हुन पनि वहाँ अनुरोध गर्नु भएको थियो । यस अवसरमा कटहरिया नगरपालिकाका निम्ति प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह , स्वास्थ्य संयोजक अमरिश भगत , स्वास्थ्य सह संयोजक हरिनारायण साह , वडा नम्बर ५ का वडाध्यक्ष सर्फलाल गुप्ता , श्री जनता मावि कटहरियाका प्रधानाध्यापक योगेन्द्र कुशवाहा , रामअधार यादव , वर्तमाकाल दैनिकका प्रकाशक रौशन चौधरी , बज्जिकाञ्चल खबरका संचालक आरके श्रीवास्तव , संगम एक्सप्रेसका सञ्चालक सागर ठाकुर हजाम सहित दर्जनौं व्यक्तिहरूको सहभागीता रहेको थियो ।