आरके श्रीवास्तव । कटहरिया । फाल्गुन २८ गते
रौतहट जिल्लाको कटहरिया शिवरात्रीको दिन धुनि लगाउने परम्परा रहँदै आएको छ । सोही परम्परा अनुसार बिहिबार साँझ कटहरियाको बौद्धिमाइ मन्दिर नजदिक धुनि लगाइ भगवान शिवको पूर्जा अराधना गरिएको छ । कटहरिया नगरपालिका वडा नम्बर ५ स्थित बौद्धिमाइ मन्दिर नजदिक धुनि लगाइ स्थानियहरुले पूजापाठ गरेका छन् । दाउराहरु एक ठाउँमा जम्मा गरि धुनि लगाउने गरिन्छ ।
वि.स. २०२५ साल देखि नै यसरी पहाडी समुदायका व्यक्तीहरुले यस्तो परम्पराको थालनी गरेको स्थानिय वृद्ध जंगबहादुर क्षेत्रीले जानकारी गराउनु भयो । पहाडी क्षेत्रमा मनाइँदै आएपनि तराइ मधेश यस्तो नभएको देखे पछि पहाडी समुदायहरुले सुरु गरेको यो पम्परामा अहिले मधेसी समुदायका मानिसहरुले साथ दिदै यो परम्परामा सरिक हुँदै आएका छन् । क्षेत्रीले भन्नु भयो शिव भगवान सित आशिर्वाद माग्नलाइ यस्तो गर्दै आएको बताए । धुनि लगाएर त्यस बाट निस्केको आगो ताप्दा रोग व्याधी हटने, यस्तो भगवान खुशि हुने, भगवानले बरदान प्रदान गर्नु हुन्छ भन्ने धार्मिक विश्वास रहेकोले बताउनु भयो । यस दिन प्रसादको रुपमा भक्तजनहरुले दूध बाट बनेको कुसमा , मिठाइ , फलफूल आदि प्रसादको रुपमा ग्रहण गर्ने गर्दछन् ।
पहाड तिर यस्तो गर्दै आएपनि मधेशतिर यस्तो परम्परा विरलै देखिन्छ । कहटरियामा यस्तो परम्परा चल्दै आएको छ ।
अहिलेका यूवा पूस्ताहरुले पनि यस्ता परम्पराहरु लाइ जोगाइ राख्न उत्साहका साथ लागेको कटहरिया माविका प्रधानाध्यापक योगेन्द्र प्रसाद कुुशवाहाले जानकारी गराउनु भयो । यस अवसर स्थानियहरुको उत्साहजनक सहभागिता रहेको थियो ।