वर्तमानकाल दैनिक । रौतहट । चैत ०१ गते
रौतहट जिल्लाको पुरातात्त्विक नगरी
मौलापुरमा खेतमा लगाएको अफिम र गाँजा प्रहरी द्वारा नष्ट गरिएको छ । शनिबार करिब ढाइ बजेको समयमा गएको प्रहरी टोलीले नष्ट गरेको हो । मौलापुर नगरपालिकाको वडा नम्बर ७ पिपरिया स्थित ९ हाल जग्गा धनीको नाम नखुलेको० अन्दाजी १ बिगाह जग्गामा मकै बालीको बिचमा लगाईएको लागु औषध अफिम र गाँजा खेती नष्ट गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपि भरत श्रेष्ठले जानकारी गराउनु भयो । विशेष सूचनाको आधारमा रौतहट जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिद्धी विक्रम शाह र मातहत ईलाका प्रहरी कार्यालय मौलापुरबाट प्रहरी निरीक्षक को कमाण्डमा खटिएको प्रहरी टोलीले १ विगाह जग्गामा लगाएको अफिम ७ हजार बोट, र १ कट्टा जग्गामा लगाएको गाँजा नष्ट गरी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।