सेन्चुरी बैंकद्धारा सिडियो कार्यालयलाइ कम्प्युटर प्रदान

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ चैत्र ४, बुधबार (४ साल अघि)
  • ५ पटक पढिएको
सेन्चुरी बैंकद्धारा सिडियो कार्यालयलाइ कम्प्युटर प्रदान


आरके श्रीवास्तव । गरुडा । चैत्र ०४ गते

सेन्चुरी कमर्सियल बैंक गरुडा शाखाले जिल्ला प्रशासक कार्यालय रौतहटलाई एक थान कम्प्यूटर हस्तान्तरण गरेको छ ।
प्रशासनीक काम काजको लागि जिल्ला प्रशासन कार्यालय रौतहटमा मंगलवार एक समारोहका विच सेन्चुरी कमर्सियल बैंक गरुडा शाखाले ५० हजार मूल्य बराबरको कम्प्यूटर प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई हस्तान्तरण गरेको हो ।
बैंकको प्रदेश नम्वर २ को प्रमुख सौरभ चौधरीको उपस्थितिमा गरुडा शाखाको प्रबन्धक दिनेश कर्णले सिडियो यादवलाई जिल्ला प्रशासन कार्यालयमा काम काज सहज तथा अभिलेखहरु सुरक्षित राख्नको निमित्त उक्त कम्प्यूटर हस्तान्तरण गरिएको बताइएको छ ।
हस्तान्तरण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी बसन्त भटराई, नेपाल सेना वृदल गणका क्याप्टेन झलक गुरुंग, नायव सुब्बा रामनरेश साहको उपस्थिति रहेको प्रबन्धक दिनेश कर्णले जानकारी गराउनु भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस