आरके श्रीवास्त्व । रौतहट । चैत्र ०६ गते ।
रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकामा नयाँ हाकिमको आगमन भएको छ । देवाही गोनाही नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको वीरेन्द्र प्रसाद चन्द्रवंशीलाइ तोकिएको हो । बिहिवार बाट चन्द्रवंशीले पद सम्भाल्नु भएको हो । एक कार्यक्रमका बिच वहाँलाइ नगरपालिकाका कार्यालय प्रमुखको जिम्मेवारी सौपिएको हो । यस अघिका निम्ति प्रमुख प्रशासकिय अधिकृत राजदेव रामको ठाउँमा चन्द्रवंशी नयाँ हाकिम बनेर आएका हुन् । चन्द्रवंशी लाई आफ्नो कार्यभारको लागि हार्दीक बधाई चौतर्फी रुपमा बधाइ एवम् शुभकामना दिइएको हो ।
कार्यभार सम्भाले पछि पत्रकारहरु सँग कुराकानि गर्दै नयाँ हाकिम चन्द्रवंशीले जननिर्वाचत जनप्रतिनिधि र जनताको इच्छा अकांक्षा चाहना अनुसार देवाहिगोनाही नगरपालिकालाइ सबल,सुदृढ सुसाति समृद्ध नगरपालिका बनाउने अभियानमा आफु पनि लाग्ने प्रतिक्रिया दिनु भएको छ ।