आरके श्रीवास्तव । रौतहट । चैत्र ०८ गते
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समुहको केन्द्रीय समिति बैठकले राष्ट्रिय युवा संघ नेपालको स्थायी कमिटी सदस्यहरुको नाम मनोनित गरेको छ । राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।
यूवा नेता नरेश शाह सहित रौतहट बाट ३ जना ओली समूहको स्थायी कमिटी सदस्यमा मनोनित भएका छन् । राष्ट्रिय युवा संघ नेपालको स्थायी कमिटी सदस्यमा नरेश साह ,निमेश यादव,राकेश गिरी लाइ मनोनित गरेको हो । गिरी र यादव यस अघि नै केन्द्रिय कमिटीमा थिए भने शाहको नाम शनिवार बसेको बैठकले थप्ने निर्णय गरेको हो ।
ओली समुहको केन्द्रीय समिति बैठक पछि विशेष सर्कुलर जारी गरेको हो । संघका महासचिव रमेश आचार्य द्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख रहेको छ ।