रौशन चौधरी । रौतहट । चैत्र १० गते
रौतहट प्रहरीले घरेलु मदिरा नष्ट गरेको छ । जिल्ला अन्तर्गत अबैध रुपमा संचालन रहेको घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण नियन्त्रण गर्ने कार्य अन्तर्गत सोमबार जिल्ला प्रहरी कार्यालय, रौतहट र मातहत प्रहरी ईकाईहरुबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले जिल्ला रौतहट राजपुर नगरपालिका वडा नं.२ स्थितमा अबैध रुपमा संचालनमा रहेको घरेलु मदिरा बनाउने भट्टी २ वटा फुटाई, कच्चा पदार्थ अं.१,०००।– लिटर, तयारी मदिरा अन्दाजी ६० लिटर नष्ट गरी घरेलु मदिरा बनाउने मेशिन थान–१ र ड्रम–५ वटा बरामद गरेको छ । साथै जिल्ला रौतहट परोहा नगरपालिका वडा नं.४ स्थितमा घरेलु मदिरा बनाउने भट्टी–४ वटा फुटाई, कच्चा पदार्थ अं.२,०००।– लि., नष्ट गरी र ड्रम–७ वटा बरामद र ऐ.मितिमा जिल्ला रौतहट बौधीमाई नगरपालिका वडा नं.१ स्थितमा घरेलु मदिरा बनाउने भट्टी–१ वटा फुटाई, कच्चा पदार्थ–१,५००।– लि., तयारी मदिरा अं.–३० लि. नष्ट गरी, ड्रम–४ वटा र मेशिन–१ वटा बरामद गरी जम्मा घरेलु मदिरा बनाउने भट्टी–७ वटा फुटाई, कच्चा पदार्थ अं.४,५००।– लि., तयारी मदिरा अं.–९० लि. नष्ट गरी, ड्रम–१६ वटा र मेशिन–२ वटा नियन्त्रणमा लिई बरामद गरेको सो भट्टीहरु को–कसको स्वामीत्वमा संचालनमा रहेको भन्ने बारेमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।