बेरोजगार युवा को लागि बिभिन्न बैंक बाट सहुलियत दर मा कर्जा दिलाएर व्यवसाय तर्फ आकर्षित गराउने हाम्रो योजना रहेको छ :नि प्रमुख प्रशासकीय अधिकृत यादव

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ चैत्र १०, मंगलबार (४ साल अघि)
  • ५ पटक पढिएको
बेरोजगार युवा को लागि बिभिन्न बैंक बाट सहुलियत दर मा कर्जा दिलाएर व्यवसाय तर्फ आकर्षित गराउने हाम्रो योजना रहेको छ :नि प्रमुख  प्रशासकीय अधिकृत यादव

प्रदीप दास।चैत्र १०  गते।

नमस्कार ,स्वागत छ यहाँलाई वर्तमानकाल दैनिक पत्रिकाको यो नयाँ संवादमा।

-धन्यवाद। मेरो तर्फबाट पनि तपाई को होल टिम  लाई धेरै धेरै शुभकामना छ होलि को शुभ अवसर मा।

प्रश्न नम्बर -०१ तपाई आफ्नो छोटो परिचय दिनुहोस।

-मेरो नाम नगेन्द्र प्रसाद यादव हो। म गढीमाई नगरपालिकाका नि प्रमुख  प्रशासकीय अधिकृतको रुपमा कार्यरत छु। र मेरो व्यक्तिगत तर्फ र यो गढ़िमाई नगरपालिका को सम्पूर्ण परिवार को तर्फ बाट हिन्दु हरु महान पर्व रंग र अबिर को पर्व होलि को शुभ अवसर मा गढ़िमाई नगरपालिका का सम्पूर्ण नगर बासि लगायत देश विदेश मा बस्नु हुने सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदि बहिनि हरु मा सुस्वास्थ्य ,दिर्घायु र समृद्धि को लागि मंगलमय शुभ कामना व्यक्त गर्दछु।

प्रश्न नम्बर -२ गढ़िमाई नगपालिकाले  यस चालु आर्थिक वर्षमा के-कस्ता  विकास निर्माणको काममा जोड दिएको छ।?

-हामि ले यस चालु आर्थिक वर्षमा विकास निर्माण काम भन्नु पर्दा बिभिन्न वडाहरुमा  सडक ढलान ,विद्यालयको भवनहरु निर्माण , सार्वजनिक शौचालय निर्माणको काम ,विद्यालयहरुको पर्खाल निर्माण ,विद्यालयहरुमा मोबाईल निषेध  गरिएको ,धर्मशाला निर्माण ,मदनपुर र धर्मपुरमा ५० लाखको  ५ /५ कोठे विद्यालय भवन निर्माण भईरहेको, प्रसाशनिक भवन निर्माणको काम पनि अगाडी बढेको ,बालविकास केन्द्रको  भवन  निर्माणको  काम पनि अगाडी बढेको हो। पूर्ण रुप म भन्नु पर्दा सबै क्षेत्र म  विकास निर्माण का कार्य हरु

 जस्तै शिक्षा ,कृषि ,स्वास्थ्य र निर्माण को कार्य धेरै गतिमा भईरहेको देखिएको । गरीब ,दलित ,बिपन्न का लागि कुनै समस्या म पर्यो वहाँ हरु को लागि सवारी साधन र पूर्ण खर्च  को व्यवस्था  गरिएको छ।

प्रश्न नम्बर -३ तपाई को यो गढ़िमाई नगरपालिका ले शिक्षा र  स्वाथ्य सम्बन्धि प्रकाश पर्नु भयो ,भन्नु पर्दा यो हाम्रो देश कृषि प्रधान देश भएको नाता ले नगरपालिका ले कृषि को क्षेत्र मा किसान हरुको  स्तरोन्नति उकास्न  को लागि  के कस्तो काम हरु गरेको छ ?

– भर्खरै हाम्रो नगर सभा ले र कार्यपालिका बोर्ड ले पनि आई एन जिओ ले को रुप मा हेफर ईन्टर नेसनल लाई हायेर गरिएको छ। हेफर इन्टर नेसनल ले २५ प्रतिशत रहाम्रो  नगरपालिका ले ७५ प्रतिशत मा अहिले  ३ ओटा वार्ड २ ,८ र ९ नम्बर लिएको छ। सिचाई को लागि ,कृषि कार्य को लागि र पशु पालन को लगभग १ नम्बर ,२,५ ,६ र ७ नम्बर वडा मा हाम्रो प्रत्येक वडा मा बोरिङ्ग को कार्य आगाडी बढाए का छौ।

प्रश्न नम्बर -४ नेपाल सरकार ले नि:शुल्क गरेका सेवा हरु मा यो नगरपालिका ले कति को कार्यन्वयन गरेको हो ?

– नेपाल सरकार ले लागु गरेका  निशुल्क गरेका सेवाहरु मा यो नगरपालिकाबाट जनताहरुलाई पंजीकरणमा लाग्ने शुल्क सबै निसशुल्क नै गरेका छौ ,जस्तै सिफारिस शुल्क ,जन्मदर्ता ,विवाह दर्ता ,मृत्यु दर्ता ,नागरिकता सिफारिस र मालपोतको लाग्ने दस्तुर  पनि नि:शुल्क गरिएको छ।

प्रश्न नम्बर -५ विदेश बाट आएका युवा हरु को लागि नगरपालिका ले के कस्तो कदम चालेको हो ?

-विदेश बाट आएका युवा हरु को लागि र बेरोजगार युवा को लागि बिभिन्न बैंक बाट सहुलियत दर मा कर्जा दिलाएर व्यवसाय तर्फ आकर्षित गराउने हाम्रो योजना रहेको छ र कार्य पनि आगाडी बढाउने योजना छ।

प्रश्न नम्बर ६  अहिले धेरै स्थानीय तहहरुमा नालाको कामै नगरि  मात्र सडक ढलान भैरहेको छ पानीको निकास हुदैन असाढमा धेरै कठिन हुन्छ आवतजावतमा त्यस्तो तपाइको नगरपालिकामा छ भने प्रष्ट भन्दिनुस न

–हाम्रो यो गढ़िमाई नगरपालिका ले  सिमित साधन श्रोतमा जनताको घर सम्म पक्कि सडक ढलान  गर्ने क्रममा जहाँ फराकिलो सडक छ त्यहाँ नाला सहितको सडक जहाँ छैन त्यहाँ जनताको घर सम्म कम्तिमा पक्कि सडक बनाउने तर्फ़ लागेका छौ।

प्रश्न नम्बर -७ अन्त्यमा तपाइँ आफ्नो मन मा लागेका कुरा जनता समक्ष के के भन्न चाहनु हुन्छ?

-म के भन्न चाहन्छु भने हाम्रो यो नगरपालिका ले शिक्षा ,स्वास्थ्य ,कृषि र निर्माण क्षेत्र मा धेरै चासो लिएको छ । यो नगरपालिका मा जनता हरु लाई के कस्तो समस्या छ त्यो हामी सधै अनुगमन गरि गाउँ गाउँ मा गई निरीक्षण गरिने लक्ष्य का साथ् हिडेका हुन्छौ। हाम्रो समाजको विकास र स्तरोन्नति कसरि हुन्छ भनि सधै ध्यान  मा राखी कार्यन्वयन गर्ने  तर्फ लागेका हुन्छौ । अब अन्त्यमा के भन्न चाहन्छु भने युवा हरु को लागि सधै नयाँ नयाँ कार्यक्रम हरु ल्याउने हाम्रो लक्ष्य रहेको हो भनि जानकारी गराउन चाहन्छु।

हवस्त। तपाई लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ,तपाई आफ्नो बहुमुल्य समय हाम्रो यो वर्तमान काल दैनिक को बिशेष सम्बादमा   दिनु भएको मा।

धन्यवाद ,तपाई लाई अनि तपाईको होल टिम लाई। मेरो व्यक्तिगत तर्फ र यो गढ़िमाई नगरपालिका को सम्पूर्ण परिवार को तर्फ बाट हिन्दु हरु महान पर्व रंग र अबिर को पर्व होलि को शुभ अवसर मा गढ़िमाई नगरपालिका का सम्पूर्ण नगर बासि लगायत देश विदेश मा बस्नु हुने सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदि बहिनि हरु मा सुस्वास्थ्य ,दिर्घायु र समृद्धि को लागि मंगलमय शुभ कामना व्यक्त गर्दै छुट्न चाहन्छु नमस्कार धन्यवाद।

ताजा अपडेट

खोजी गर्नुहोस