रौशन चौधरी । रौतहट । चैत १८ गते
रौतहटका प्रदेश सांसद नागेन्द्र यादवले खेलाडीहरुलाइ खेलकुद सामाग्री वितरण गर्नु भएको छ । जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ क बाट निर्वाचित प्रदेश सांसद यादवले बुधवार एक कार्यक्रमका बिच खेलाडीहरु लाइ सामाग्री हस्तातरण गर्नु भएको हो । वहाँले आफनो निर्वाचन क्षेत्रमा पर्ने गुजरा नगरपालिकाका एक कलबका खेलाडीहरु लाइ सामाग्री हस्तान्तरण गर्नु भएको हो । सो नगरपालिकाको वडा नम्बर २ कटानी स्थित रहेको युनाइटेड युथ क्लबलाइ सामाग्री दिइएको हो । प्रदेश सांसद यादवले आफनो संसदिय कोष बाट फुटबल १० पिस,भोलीबल ५ पिस,कोच भेष्ट ४ पिस,ट्रैक ३६ पिस,जर्सी ३२ पिस,पैड ३२ पिस,मोजा ३२ पिस,पंजा ३२ पिस,फुटबल नेट २ थान , भलीबल नेट २ थान ,भेस्ट ३० उपलब्ध गराएका हुन् । खेलाडीहरुको मनोबल उच्च राख्नका वहाँले करिब ४ लाख मूल्य बराबरको सामानहरु दिनु भएको विधायक यादवका सहयोगी ऋषी तिवारीले जानकारी गराउनु भएको हो । सो अवसरमा विधायक यादव संगै लुटन मियाँ मंसुरी , मोतिन मियाँ मंसुरी , पदम ,ऋषी तिवारी सहित क्लबका सम्पूर्ण पदाधिकारीहरु सहित स्थानिय भद्र भलादमीहरुको उपस्थिती रहेको थियो ।