आरके श्रीवास्तव । वस । चैत १९ गते
रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकामा नेपाल पब्लिक क्याम्पस संघको भेला तथा अधिवेशन सम्पन्न भएको छ । चन्द्रपुर नगरपालिकाको वडा नम्बर ५ स्थित रहेको होटेल एएन प्लाजामा भेला बोलाइएको थियो । कार्यक्रमको प्रमुख अतिथीको रुपमा प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल रहनु भएको थियो भने विशिष्ठ अतिथीको रुपमा क्षेत्र नम्बर ४ क बाट निर्वाचित प्रदेश सांसद धनलाल ठोक्कर रहनु भएको थियो । प्रमुख अतिथी र विशिष्ठले सँयुक्त रुपमा पानसमा बक्ती बालेर कार्यक्रमको उदघाटन गरेका थिए । राष्ट्रिय गान बाट सुरु भएको कार्यक्रममा ज्ञात अज्ञात सहिदहरुको समझनामा एक मिनेट मौन धारण गरिएको थियो । सो कार्यक्रममा प्रदेश २ भरिका ४२ क्याम्पसहरु मध्ये ३१ वटा क्याम्पसका क्याम्पस प्रमुख , अध्यक्ष र प्राध्यापक संघका अध्यक्षहरु सहभागिता रहेको थियो । कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथी सोनलले स्थानियतहमा भएका क्याम्पसहरु लाइ सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । त्यस्तै कार्यक्रम लाइ सम्बोधन गर्दै विशिष्ठ अतिथी विधायक ठोकरले क्याम्पसहरुको हकहितको लागि आवज उठाउँदै आएको र अगामी दिनमा पनि आवाज उठाइ राख्ने बताए ।
यता बिहिवार सम्पन्न अधिवेशन बाट प्रदेश २ को नयाँ कार्य समिति चयन गरिएको हो । नेपाल पब्लिक क्याम्पस संघ प्रदेश २ को संयोजकमा प्रभुनाथ पटेल , सह संयोजकमा तुल्सीराम पोखरेल ,सचिवमा उपेन्द्र मिश्रा,सह सचिवमा टोप बहादुर ठकुरी , कोषाध्यक्षमा उमेश प्रसाद तिम्लिसिना,सदस्यहरुमा रामअधार राय यादव सहितका व्यत्तीहरु रहेका छन् । यस अवसरमा नेपाल पब्लिक क्याम्पस संघका केन्द्रिय अध्यक्ष शिवराज संजेल , केन्द्रिय सल्लाहकार शत्रुधन प्रसाद गुप्ता , महासचिव मुक्तिराम पाण्डे,केन्द्रिय सदस्य किशोर कुमार साह , प्रदेश २ का पुर्व संयोजक संजय कुमार साह सहितका व्यक्तीहरुको सहभागिता रहेको थियो ।