स्मिथ रजक । गौर । १९ चैत
रौतहटको सदरमुकाम गौर स्थितिका महादेवपट्टी– टिकुलिया नाकामा कडा सुरक्षा विच लागुऔषध (गाँजा) बिहिबार बेवारिस अवस्थामा फेला परेको छ ।
गौर नगरपालिका वडा नम्बर ४ अन्तगर्त रहेको महादेव पट्टि नाकासङ्ग जोडिएको सडक पश्चिमी तर्फ श्री माध्यमिक विद्यालय टिकुलियाको उत्तर तर्फ गएको सडक खण्ड पूलको छेउ स्थित रहेको गेहँु खेतमै बेवारिस अवस्थामा १२ किलो गाँजा जिल्ला प्रहरी कार्यालय रौतहटको खटिएको टोलीले बरामद गरेको थियो ।
यही चैत्र ७ गते गौर नगरपालिका वर्डा नम्बर ४ वस्ने वर्ष ४४ को झिङ्गुर भन्ने हरी किशोर सहनीले लागु औषध गाँजा राखेको छ भन्ने विशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय, रौतहटबाट खटिएको प्रहरी टोलीले निजको गोठघरको वरीपरी चेकजाँक गर्दा गोठघर नजिकै रहेको ट्वाईलेटमा प्लाष्टिकको सेतो रंगको बोरा भित्र घ्यु रंगको टेपले बेरी प्याक गरी राखेको अवस्थामा १२ किलो ५०० ग्राम लागु औषध गाँजा फेला पारी गांजा सहित निज झिङ्गुर भन्ने हरी किशोर सहनी समेतलाई नियन्त्रणमा लिई सम्मानित रौतहट जिल्ला अदालतबाट दिन ५ म्याद थप लिई न्यायीक हिरासतमा राखि अनुसन्धान भइरहेको थियो ।
लग्तै गौर नगरपालिका वर्डा नम्बर ४ का वर्डा अध्यक्ष भुनेश्वर शाहीले टिकुलिया टोलको दक्षिण पट्टी रहेको गहु खेती क्षेत्रमा बेवारिस अवस्थामा रहेको समाजिक संजाल मार्फत वडावासीलाई बदनाम गराउने उदेश्यले यस्ता कार्य भइरहेको जो कोही होस अनुसन्धान गरि कानुन दायरा ल्याउन माग गरेका थिए भने १० दिन पछी शैक्षिक क्षेत्र रहेको गहुँ खेतमा गाँजा बेवारिस देखिनु वडावासीमा त्रास उत्पन भएको स्थानीयहरुको भनाइ रहेको छ ।
सुरक्षाको अनुभुती गराउन स्थानीय प्रशासनको कार्यमा कुनै कसर बाकी न रहेको कार्यले बताइरहेको छ । गाँजा कसले फालेको हो यस बारे थप अनुसंधान भइरहेको प्ररीले जनाएको हो ।