प्रदीप दास। चैत्र २० गते।
नमस्कार ,स्वागत छ यहाँलाई वर्तमानकाल दैनिक पत्रिकाको यो नयाँ संवादमा ।
– धन्यवाद। मेरो तर्फबाट पनि तपाईको होलटिमलाई धेरै-धेरै शुभकामना छ ।
प्रश्न नम्बर – ०१ तपाई आफ्नो छोटो परिचय दिनुहोस ।
– मेरो नाम शिवराज संजेल हो । म नेपाल पब्लिक क्याम्पस संघका केन्द्रिय अध्यक्षको पद सम्भाल्दै आएको छु ।
प्रश्न नम्बर -०२ यो नेपाल पब्लिक क्याम्पस संघ कहिले गठन भयो ?
– यो नेपाल पब्लिक क्याम्पस संघ २०४७ सालमा गठन भएको हो। क्याम्पसहरुको समस्याहरुलाई मध्यनजर गर्दै यो संघ गठन गरिएको हो । निरन्तर यसले ११ वटा महाधिवेसन सम्पन्न गरि सकेको छ ।
प्रश्न नम्बर -०३ नेपाल पब्लिक क्याम्पस संघ का उद्देश्य चाही के हो ?
– यसको उद्देश्य चाही बिशेष गरेर उच्च शिक्षामा सिमान्तकृत जनताहरु ,आर्थिक रुपमा बिपन्नहरुको कसरि पहुच बनाउन सकिन्छ, पब्लिक क्याम्पसहरु खुलेका छन् , तिनीहरुलाई कसरि व्यवस्थित गर्न सकिन्छ ,त्यसमा हाम्रो पब्लिक क्याम्पसले काम गर्ने गर्छ ,पछिको समयमा आएपछि हामिले एस्लाई अझ बढी व्यवस्थित गर्नको निमित जसमा राज्यको खासै लगानी छैन ५/१० प्रतिशत मात्र लगानी छ ,र राज्यको लागनी बढाएर जनताकै अपनत्व हुने गरि समुदायको अपनत्व हुने गरेर समुदाय सरकारको संयुक्त लगानीमा उच्च शिक्षा संचालन हुनु पर्छ जुन अहिले क्याम्पसहरु संचालन भईरहेका छन् हाम्रो पछ्छिलो समयमा मांग रहदै गयो भनि उद्देश्यका साथ् बढौ र मुलुक संघियतामा गईसके पछाडी अहिले ७ वटै प्रदेशमा हामि यो अभियानमा छौ। धेरै ठाउमा काम पनि भएको छ ,आज हामिले यहाँ रौतहटमा प्रदेश २ मा भेला पनि भयौ यसले पनि केहि कुराको भेन्टिलेट पनि गरेको छ। प्रदेश १,३ र ५ मा केहि अगाडी काम पनि भएका छन्।
प्रश्न नम्बर -०४ तपाई को प्रदेश स्तरिय खास भेला के को लागि गरिएको हो ?
-यो भेला हामि २ कामका लागि गरेका हौ ,क्याम्पस हरु लाइ कसरि गुणस्तर अभिबृधि गरेर लान सकिन्छ ,र अर्को इन्टरनेसनल स्तरमा कसरि काम गर्छ भनेर हामि यो नेपाल पब्लिक संघको भेला गरेर प्रदेश स्तरिय अध्यक्षका छनौटमा लागेका छौ।
प्रश्न नम्बर -०५ तपाई नेपाल पब्लिक क्याम्पस संघका केन्द्रिय अध्यक्षको नाताले ग्रामिण भेगका क्याम्पसहरुमा भ्रमण गर्नु भएको छ ?
– म ग्रामिण स्तर देखि लिएर सहर सम्मका क्याम्पसहरुमा भ्रमण गरेर हेरेको छु। म सधै घुमी नै रहन्छु।
प्रश्न नम्बर -०६ ग्रामिण भेगका क्याम्पसहरुमा जुन किसिमको प्राध्यापकहरु हुनुपर्ने हो त्यस्ता शिक्षकहरुको अभाव देखिएको हो यसलाइ तपाई कसरि लिनु भएको हो ?
-तपाई साह्रै महत्वपूर्ण प्रश्न सोध्नु भो ,बास्तवमा ग्रामिण भेगका यो शिक्षाको पहुच स्थानीय जनप्रतिनिधि हरुले कम तलबमा अदक्ष जनसक्तिहरुलाई राख्नुको मुख्य कारण देखिएको छ।
प्रश्न नम्बर -०७ तपाई नेपाल पब्लिक क्याम्पस संघको केन्द्रिय अध्यक्ष भएको कार्यकालदेखि के के गर्नु भयो र आगामी दिनमा के के गर्ने सोच बनाउनु भएको छ ?
– म यो संघमा धेरै काम गरेको छु र क्याम्पस स्तर लाई गुणस्तरीय बनाउन सोच राखेको छु।
प्रश्न नम्बर -०८ तपाई अध्यक्षको नाताले अन्त्यमा संघमा आबद्ध पदाधिकारीहरुलाई के संदेश दिन चाहनुहुन्छ ?
– म यो धेरै मत्वपूर्ण ठाउँमा छु। जुन कि सेवा हो समाज लाइ आगाडी बढाउने जिम्मा लिएका छौ प्रदेश नम्बर २ का सम्पूर्ण क्याम्पस प्रमुखहरू ,संचालक समितिहरु विद्यार्थी हरु जसको सपोर्ट छ सम्बृद्ध बनाउन को लागि अगाडी मिलेर बढ्नु पर्छ भनि आग्रह पनि गर्न चाहन्छु।
हवस्त धन्यबाद ,यहालाई तपाई आफ्नो बहुमुल्य समय दिनु भयो धेरै धेरै धन्यवाद।
धन्यवाद तपाईलाई अनि तपाईको होलटिमलाइ जुन कि मेरो दुई शब्द राख्न मौका दिनु भयो। नमस्कार।