रौशन चौधरी । रौतहट । चैत २९ गते
अवैध भन्सार छलीका सामानहरु गौर भन्सार कार्यालय बुझाइएको छ ।
शनिवार इप्रका गरुडा बाट खटिई गएको प्रहरी टोलीले गस्ती गर्दै जादै गरेको अवस्थामा जिल्ला रौतहट गरुडा न.पा.वडा नं. १ जयनगर स्थित गौर–चन्द्रपुर सडक खण्ड स्थित सडकको किनारमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको वेवारिसे अवस्थामा रहेको चिनीका बोराहरु तथा रेडिमेड कपडा भएको बोराहरु बेवारिसे अवस्थामा फेला पारेको थियो । उक्त समानहरु कसैले दवि गर्न नआएकोले अन्दाजी मुल्य एक लाख तेईस हजार पाँच सय सत्तरी बरावरको चिनी तथा रेडिमेड कपडाहरु आवश्यक कारवाहीको लागी गौर भन्सार कार्यालय रौतहटमा बुझाईएको इप्रका गरुडाले जनाएको हो ।