आरके श्रीवास्तव । रौतहट । बैशाख ०५ गते
रौतहटमा आइतवार थप ३ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । आइतवार सम्मको तथ्याङक अनुसार थप ३ जनामा कोरोना देखिएको गौर अस्पताल पिसिआर लैबका फोकल पर्सन अनुठा यादवले जानकारी गराउनु भएको हो । आइतवार थप ३ जनासहित रौतहटमा कोरोना संक्रमितको संख्या २२ पुगेको छ । जिल्ला अस्पताल रौतहट गौरले आज कोरोना भाइरस सम्वन्धि दिइएको दैनिक जानकारी अनुसार ४ जनाको पिसिआर जाँच गर्दा ३ जना पोजेटिभ र १ जानमा निगेटिभ देखिएको जनाएको हो । संक्रमित हुनेहरुमा फतुवाविजयपुर नगरपालिकाका २ जना , राजदेवी नगरपालिकाका १ जना रहेको अस्पताल स्रोतले जनाएको हो ।
रौतहटमा शिक्षक सहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु होम आइसोलेसनमा रहेको बुझिएको छ । रौतहटमा कोरोना संक्रमित बढदै जाँदा पनि आइसोलेसन संचालनमा आउन सकेको छैन । गौर,देवाहीगोनाही र चन्द्रपुरमा आइसोलेसन निर्माण गरिएको छ । आइसोलेसन सञ्चालनमा नआउँदा कोरोना संक्रमितहरु अहिले होम आइसोलेसनमै बसेका छन् ।