वर्तमानकाल समाचारदाता । बैशाख ०७ गते
वर्तमानकाल दैनिकको विशेष अन्तर्वार्तामा तपाईलाई स्वागत छ ।
–धन्यवाद । तपाईं अनि तपाईंको सम्पूर्ण पत्रिका टिमलाई,खुसी लाग्यो आज मैलेपनि तपाईंको यो वर्तमानकाल दैनिकको विशेष अन्तर्वाता दिने अवसर पाएँ,वडावासी समक्ष आफनो दुई शब्द राख्न अवसर प्राप्त गरे ।
प्रश्न नं.१.तपाई आफ्नो परिचय भन दिनुहोस ?
– धन्यवाद । सबभन्दा पहिला त म ढिलै भए पनि नयाँ वर्ष २०७८ को हार्दिक शुभकामना दिन चाहन्छु । म आफनो परिचय पनि दिन चाहन्छु ।
मेरो नाम रामलाल साह हो । मेरो घर रौतहट जिल्लाको मौलापुर नगरपालिकाको वडा नम्बर ९ मा पर्दछ । स्थानीय तहको निर्वाचनमा म वडाध्यक्ष पदमा निर्वाचित भएर हाल जन्ताको सेवा गरि रहेको छु । तत्कालीन राजपा पार्टी बाट म निर्वाचित भएको थिए । हाल हाम्रो पार्टी एकीकरण पछि जसपा बनेको हो । म जसपा मै आबद्ध छु । धेरै पहिला देखि नै मेरो पूर्वजहरूले जनप्रतिनिधि भएर सेवा गरेकै हो । मैले पनि त्यो सौभाग्य पाए । अहिले आफनो वडावासीलाई निरन्तर रुपले सेवा गर्दै आइरहेको छु ।
प्रश्न नं.२.तपाईं राजनीतिक यात्रा कहिले देखि सुरु गर्नु भयो ?
–म विधार्थी काल देखि नै राजनीतिमा प्रवेश गरेको हुँ । पछि विभिन्न पेशा हुँदै पुनः राजनीतिमा राम्रो अवसर पाए । गरिब , विपन्न र निमुखा जनताको हकहितको लागि म सधैं लागि रह्ने छु । म बाट हुन सक्ने सहयोगमा म पछाडि हट्ने छैन् ।
प्रश्न नं. ३ स्थानीय तहको निर्वाचनमा कति मत प्राप्त गर्नु भयो ?
स्थानीय तहको निर्वाचनमा मैले ५०६ मत प्राप्त गरेको थिए । जनताको राम्रै मत प्राप्त गरेको थिए ।
प्रश्न नं. ४. वडा कार्यालय बाट प्राप्त हुने सेवाहरू कसरी गरि राख्नु भएको छ ?
वडा कार्यालय बाट प्राप्त हुने सेवाहरू राम्रो ढंगले प्रवाह भईरहेको छ । गाउँमै म बस्ने भएकोले बिहान देखि राति सम्म सेवा दिई राख्नु पर्दछ । कहिलेकाहीँ सेवाग्राहीहरू असंतुष्टी पनि पोख्छन् । तर पनि सम्झाइ बुझाइ सेवा हामी गर्छौं । जनता लाई जुन बेला आवश्यकता पर्छ त्यही बेला म सहयोग गर्नु , काम गर्न तयार हुन्छु ।
प्रश्न नं.५. तपाईं निर्वाचित भएपछि के के विकास निर्माणको काम अगाडि बढाउनु भयो ?
–म आफनो कार्यकालमा वडामा रिंग रोडमा ग्रेभल गरे,सामुदायिक भवन निर्माण, सडक ढलान ,वडा कार्यालय भवन निर्माण , स्वास्थ्य चौकी भवन निर्माण , हनुमान मन्दिर , सलहेश मन्दिर सहित विभिन्न कामहरू गराएको छु । आगामी सेलिंगमा कब्रस्थान निर्माण , अस्पतालको कम्पाउण्ड बाल फिनिसिंग सहितको काम गराउने लक्ष्य छ ।
प्रश्न.६.तपाईंको कार्यले जन्ता कतिको सन्तुष्ट छन् ?
–जन्ता संतुष्ट नै छन् । शिक्षा , स्वास्थ्य ,कृषि सहित अन्य विकासहरू लाई अगाडि बढाएकै छु । वडाको चौतर्फी विकासको लागि मैले पहल गरि नै रहेको छु । मेरो वार्डमा सडक र नालाको समस्या छ । त्यसलाई हामी निरन्तर समाधान गर्न तर्फ लागेकै छु । एक आध असंतुष्ट होलान् । त्यो पनि म कहाँ आयो भने अवश्य सम्बोधन गर्ने छु ।
प्रश्न नं.७. वडाको विकासको लागि तपाईं सँग के छ योजना ?
– म आफनो वडालाई मानव विकास सूचकांकमा अगाडि बढाउन चाहन्छु । शिक्षा , स्वास्थ्य , कृषिमा आधुनिकिकरण गर्न चाहन्छु । साथै यूवाहरू वैदेशिक रोजगारीमा पलायन हुँदै छन् । त्यसलाई कम गर्न चाहन्छु । स्वदेशमै रोजगारी अवसर कसरी श्रृजना गर्न सकिन्छ त्यता तर्फ मेरो ध्यान छ । समग्र वडाको कसरी विकास हुन सक्छ त्यता तर्फ मेरो जोड छ ।
प्रश्न नं.८.अन्त्यमा तपाईं आफनो वडावासीको लागि के–के संदेशहरु छोडन चाहनुहुन्छ?
–अन्त्यमा म के भन्न चाहन्छु भन्दा खेरि अहिले विश्वको केही देशहरूमा तिव्र रूपमा कोरोना फैलिरहेको सुन्दै छु । त्यसैले हामी सबैको यतातर्फ ध्यान दिन जरुरी छ । सतर्कता अपनाउन जरुरी छ । सामाजिक दूरी बनाएर राखौं । मास्कको अनिवार्य प्रयोग गरौं । साबुनपानीले समयसमयमा हाथ धुने बानी बसालौं । कोरोना बाट बच्न म आग्रह गर्न चाहन्छु । साथै विकास निर्माणको काममा हाथेमालो गरौं । वडामा विकासको लहर दौडाउँ । तपाईंले मलाई बोल्ने अवसर प्रदान गर्नु भयो त्यसको लागि विशेष धन्यवाद ।
हवस्त तपाईले आफ्नो बहुमुल्य समय दिनुभएकोमा धन्यवाद छ तपाईं लाई । धन्यवाद ।