वर्तमानकाल समाचारदाता । रौतहट । बैशाख १९ गते
रौतहटमा शनिबार २१ जनामा कोरोना पुष्टि भएको छ । शनिवार गौर अस्पतालको पिसिआर ल्यावमा परिक्षण गराएको २८ जना मध्ये २१ जना कोरोना संक्रमण पुष्टि भएको छ । वैशाखको १ गते देखि १८ गतेसम्म कोरोना संक्रमणको संख्या १४७ पुगेको छ भने एक जनाको मृत्यु भईसकेको छ । शनिबार गरिएको परिक्षणको रिपोर्ट अनुसार गौरमा ८, राजदेवीमा ३, गरुडामा २, बौधीमाईमा २, कटहरिया १, देवाही गोनाही, १ र चन्द्रपुरमा ४ गरी २१ जना संक्रमित भएका हुन । जसमध्ये ७ जनाको रिपोर्ट निगेटिभ आएको गौर अस्पतालको पिसिआर ल्यावबाट जानकारी प्राप्त भएको छ । कन्ट्रेक्ट ट्रेसिंगमा रहेका ७ जना मध्ये ५ जना कोरोना पोजेटिभ भएको गौर अस्पतालले जनाएको छ । रौतहटमा कोरोना भाईरसको दोश्रो लहर तिव्र गतिमा बढ्दै गएको छ । गौर अस्पतालमा पिसिआर पद्धतीबाट परिक्षण गराउन जाने मध्ये ७५ प्रतिशत संक्रमित भएको अस्पतालले जनाएको छ ।