शम्भु सिरहा । बैशाख २२ गते ।
उचित ब्यवस्थापन नै नगरी सिरहाको लाहान नगरपालिकाले वडा ५ स्थित बजारको घर टहरा बलपूर्वक भत्काउन लाग्दा झडप भएको छ । खुट्टी खोला किनारमा सडक अतिक्रमण गरि घर टहरा बनाएको भन्दै लाहान नगरपालिकाले डोजर लगाएर भत्काउन लाग्दा स्थानीयले प्रतिकार गरेका छन । स्थानीय ब्यापारीका अनुसार ब्यवस्थापन नै नगरी प्रहरीको आडमा टहरा भत्काउन लागिएको छ । करिब ३० वर्ष अगाडि नगरपालिकाले नै मन्जुरी दिएको उक्त जग्गा एकासी आएर भत्काउन लागेको स्थानीयले आरोप लगाएका छन । कोभिड को बेला यसरी हामीलाई दुःख दिनु अन्याय हो भन्दै स्थानीयले असन्तुष्टि जाहेर गरेका छन । उता बारम्बार चिठी पठाएपनि ब्यापारीहरुले जग्गा खाली नगरेको कारण डोजर लगाएर भत्काउन लागेको लाहान नगरपालिका श्रोतले जनाएको छ । भत्काउन लाग्दा नगर प्रहरी र स्थानीय बिच झडप भएको हो जसमा दुवै तिरका केहि ब्यक्ति समान्य रुपमा घाईते भएका छन ।