उपेन्द्र गोले, रौतहट २७ बैशाख ।
रौतहटमा निषेधाज्ञा उल्लघन गरेको भन्दै ठुला तथा साना सवारी साधन र सर्वसाधरण नागरिकहरुलाई कारवाही गर्दै आइरहेको जनाउदै आएको छ । तर रौतहटका अधिकांस स्थानमा निषेधाज्ञा उल्लघन गरेका सवारी तथा नागरिकहरुलाई कारवाही गर्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय रौतहटले निषेधाज्ञा जारी भएका दिनहरुमा हरेक दिन कारवाही गरेको सुचना दिदै आएको छ । रौतहटको चन्द्रपुर , गरुडा , कटहरिया , गौर , मौलापुर , राजपुर , राजदेवी , यमुनामाई , देवाही गोनाही लगायत १८ आटै स्थानिय तहहरुमा निषेधाज्ञाको उल्लघन भएको पाइएको छ । सिमित नागरिहरुलाई मात्र कारवाही गरेको स्थानियले गुनासो गर्न थालेका छन । रौतहटका अधिकांस स्थानमा निजि सवारी साधन मोटरसाइकल , अटोे , जिप , म्याजिक , भ्यान लगायतका सवारी साधनहरु निर्वाद रुपमा सञ्चालन भएको पाइएको छ । मुख्या चोकमा केही समय प्रहरीले अनुगमन गर्ने गरेका कारण सर्वसाधरणहरु मात्र कारवाहीमा परेको चन्द्रपुर—४ का टंक गौतमको गुनासो रहेको छ । रौतहटका मुख्या चोक तथा बजार क्षेत्रमा नै निजि मोटरसाइकल , अटो , जिप लगायतका सवारी चलाइएको भएतापनि प्रहरी मुखदर्शक बन्ने गरेको उनीहरुको भनाइ रहेको छ । सोमबार मात्र जिल्ला प्रहरी कार्यालय र मातहत प्रहरी ईकाईहरुबाट खटिएको प्रहरी टोलीले निषेधाज्ञा उल्लघंन गर्ने मोटरसाईकल ७७ वटा, वस २ वटा र टेम्पो २ वटा समेत गरी ८१ वटा सवारी साधनहरु नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यसैगरि सोमबार नै मास्क प्रयोग नगरेका ३४ जनालाई कारवाही गरी तीन हजार चार सय राजश्व संकलन गरेको प्रहरीले जनाएको छ भने ३४ जनालाई मास्क वितरण गरिएको बताइएको छ । यसरी केही क्षण चेकजाच गर्ने र लामो समयसम्म भने निषेधाज्ञाको उल्लघन गरि जवरजस्ति अटेर गरि हिडडुल तथा विभिन्न क्रियाकलाप गर्नेहरुलाई भने कसैले चासो देखाएका छैनन । अतिआवश्यक कार्यका लागी सर्वसाधरण हिडडुल गर्दा पास तथा अन्य कागजपत्र खोज्
ने तर विना काम जथाभावी हिडडुल गर्ने मानिसहरुलाई भने प्रहरीले कारवाही गर्न नसकेको स्थानिय नागरिकहरुको भनाइ रहेको छ । निषेधाज्ञाको सहि तरिकाले मनन गराउने हो भने २४ सै घण्टा प्रशासनले निगरानी बढाउनु पर्ने चन्द्रपुर—३ का विजय तामाङको भनाइ रहेको छ । केही समय चेकजाच गर्ने तर अधिकांस समय बेवास्ता गर्दा निषेधाज्ञाको उल्लघन भइरहेको छ ।