नारद कोहार कपिलबस्तु, जेठ १२
कपिलबस्तुको मायादेवी गाँउपालिका ३ फुलिकाबाट लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रुपन्देहीको कञ्चन गाँउपालिका ५ का २७ वर्षिय मदन कुमार दर्लामी र सोही स्थानका २८ वर्षिय विनोद दर्लामी रहेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले बताए ।
उनीहरुको साथबाट प्रहरीले बा ८० प ९६९० नं।को मोटरसाईकल सहित ६ ग्राम ५० मिलि ग्राम ब्राउन सुगर बरामद गरेको प्रहरी नायब उपरिक्षक भण्डारीले बताए । पक्राउ परेका दुबै लाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कपिलबस्तुमा राखिएको छ ।