दाङमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष पोख्रेल सवार गाडी दुर्घटना

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ जेष्ठ १३, बिहिबार (४ साल अघि)
  • ५ पटक पढिएको
दाङमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष पोख्रेल सवार गाडी दुर्घटना


वर्तमानकाल जेठ १२ गते । दाङ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल सवार रहेको गाडी दुर्घटनामा परेको छ। दाङ्ग तुलसीपुर उद्योग बाणिज्य संघ जाने सडक चोकमा रा १ च ९५५ नम्बरको स्कारपियोले प्रदेश ३–०१०२२ च ९२२६ नम्बरको कारलाई ठक्कर दिंदा केन्द्रिय अध्यक्ष संगै सवार रहेका नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष सुदिप गौतम घाइते भएका छन । गौतमको टाउकोमा चोट लागेको छ । गौतमको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले जानकारी दिए। कारमा पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, उपाध्यक्ष सन्तोष सुवेदी लगाएतको टोली सवार रहेको थियो । पत्रकारको टोली नेपाल पत्रकार महासंघ दाङका साधारण सदस्य हेमन्त शर्मालाई भेटेर फर्किदै थियो । ठक्कर दिने गाडीलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस