शम्भु पण्डिट जेठ १४ गते
जनकपुरधाम ।बिश्वब्यापी कोरोना महामारीको दोस्रो लहर तीब्र रुपमा बढदै गएपछि प्रदेश नम्बर २ सरकारले ९ वटा बारुण यन्त्र ९दमकल० खरिद गरिएको छ । प्रदेश २ मा अस्पतालमा बेड, आइसियु, भेन्टिलेटर अभाव भएर संक्रमितले ज्यान गुमाइरहेको बेला आन्तरिक मामिला तथा कानून मन्त्रालयले ९ वटा बारुण यन्त्र खरिद गरेको बताए । आठवटा जिल्ला प्रशासन कार्यालयलाई र एउटा प्रदेश प्रहरीका लागि गरी ९ वटा बारुण यन्त्र खरिद गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता अवधकिशोर कुशवाहाले जानकारी दिए । एउटा बारुणयन्त्रको मूल्य झण्डै ५३ लाख रुपैयाँ परेको मन्त्रालयले जनाएको छ । खरिद गरिएका दमकल बिहीबार अस्थायी राजधानी जनकपुरधाम आइसकेको छ । कोरोना कहर र वर्षाको बेला बारुणयन्त्र खरिद गरेको भन्दै प्रदेश सरकारको चौतर्फी आलोचना हुन थालेको छ । यसअघि प्रदेश सरकारले ८ महिना अघि प्रदेश भरि संचालन गर्न खरिद गरेको ५ वटा बसहालसम्म चल्न ढल्केबरमा थन्किएको छ ।