उपेन्द्र पासवान बारा असार ९ गते
बाराको महागढीमाई नगरपालिकाले पांचौ नगर सभा बाट आ ब ०७८र७९मा रु ५६ करोड ७३ लाख ८ हजारको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । महागढीमाई नगरपालिकाको प्राङ्गणमा आयोजित पांचौ नगर सभालाई नेपाली कांग्रेसको केन्द्रिय सद्स्य राधेचन्द्र यादवले पानसमा दिपप्रजोलित गरि उदघाटन गर्नु भयो । पांचौ नगर सभामा प्रमुख अतिथि समेत रहनु भएको यादवले नगरको बिकासमा नगरपालिकाले ल्याएको बजेट सराहनीय रहेको बताउनु भयो ।
महागढीमाई नगर प्रमुख उपेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको पांचौ नगर सभा बाट आ ब ०७८र०७९ को लागि ५६ करोड ७३ लाख ८ हजारको अनुमानित बजेट प्रस्तुत गरिएको थियो । आ ब ०७८र०७९ को लागि नेपाल सरकार बाट बितिय समानिकरण अनुदान रु १५ करोड ९५ लाख , राजश्व भांडफाड रु ९ करोड ५४ लाख ४८ हजार , सशर्त अनुदान रु २३ करोड ८९ लाख , समपुरक अनुदान १ करोड ६६ लाख ४८ हजारको सिलिङ्ग नगर प्रमुख यादवले प्रस्तुत गर्नु भएको थियो ।
त्यसतै प्रदेश सरकार बाट समानिकरण अनुदान १ करोड १० लाख ८७ हजार , राजश्व भांडफाड रु ४५ लाख ७३ हजार बिशेश अनुदान ३० लाख र समपुरक अनुदान रु २० लाख गरि २ करोड ६ लाख ६० हजारको सिलिङ्ग प्राप्त भएको छ ।
नगर प्रमुख यादवले अगामी बजेट कोभिड नियन्त्रण ,शिक्षा स्वास्थ , कृषि तथा पुर्वाधार निर्माणकार्यमाप्राथमिकता रहेको बताउनु भयो । पांचौ नगर सभामा राष्ट्रिय सभा सद्स्य रमेश यादव , नेपाली कांग्रेस बारा क्षेत्र२ को सभापति रामप्रवेश यादव , उप प्रमुख तारा देबि कानु , वडा अध्यक्ष लगायत विभिन्न संघ संस्थाको प्रतिनिधि तथा संचारक्रमिको सहभागिता रहेको थियो ।