राजिव शाह सर्लाही । असार १३ गते
सर्लाहीको गोडैता नगरपालिका बगदहमा सनिवार निस्शुल्क एकीकृत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
गोडैता नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा श्री राम जानकी आधारभुत बिद्यालय बगदहमा सम्पन्न भएको शिविरमा ३ सय २६ जनाको स्वास्थ्य जांच तथा उपचारको साथै ९६ जना को ल्याब परिक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख प्रमोद पंडितले जनाएको छ ।
शिविरमा ५२ जना छाला रोगी पुरुष , ५७ जना महिला र स्त्रीरोग सम्बन्धि ५५ जना महिला मध्ये ६ जना लाई रिङ्ग पेशरी लगाइएको छ ।यस्तै जेनरल बिरामी पुरुष ७२ र महिला ९० जनाको स्वास्थ्य जाँच गरिएको प्रमुख पंडितले जानकारी दिनुभयो ।