उपेन्द्र गोले रौतहट । असार १३ गते
रौतहटमा छैठो पटक निषेधाज्ञा थपिएको छ । गत असार ७ गते थपिएको निषेधाज्ञा सोमबार १४ गते राती १२ बजे सकिदै छ । रौतहटमा अझै कोरोना संक्रमणको जोखिम यथावत नै रहेको जनाउदै असार २० गते राती १२ बजेसम्म लागु हुने गरि थप गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । जिल्ला कोभिड—१९ ब्यबस्थापन केन्द्रको आइतबार बसेको बैठकले संक्रमण दर घट्दै गएको भएतापनि जोखिम भने यथावत रहिरहेकाले निषेधाज्ञा थप गर्नु परेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो । थप निषेधाज्ञामा भने होटल तथा रेस्टुरेस्टहरु राती ८ बजेसम्म सञ्चालन गर्न पाउने भएको छ । यातायतात भने जोर गते जोर र विजोर गते विजोेर नम्बरको गाडी चलाउने पाउने जनाएको छ । भिडभाड हुने क्षेत्रहरु सभा सम्मेलन , गोष्ठि , सिनेमा हल , मनोरञ्जन स्थलहरु, खेलकुद लगायत शेक्षिक संस्थाहरु भने सञ्चालनमा रोक लगाइएको छ । कोरोना भाइरसबाट सुरक्षित रहनका लागी मास्क अनिवार्य प्रयोग गर्नु पर्ने । स्वास्थ्य मापदण्डलाई पालना गर्न समेत जिल्ला प्रशासन कार्यालय रौतहटले अपिल गरेको छ ।