नारद कोहार कपिलबस्तु, असार १६ गते
कपिलबस्तु जिल्लाको शुद्धोधन गाँउपालिकाले वडा नं। २ नन्दनगर र वडा नंं। ६ बांसखोर जोड्ने बेति खोलामा निर्माण गरिएको पक्की पुलको उद्घाटन गरिएको छ । शुद्धोधन गाउंपालिकाको आफ्नै बजेटबाट ५ करोड ७९ लाख ८० हजार ४ सय ८९ रुपैया लागतको पक्की पुल निर्माण गरेको हो । पुल निर्माण भएपछि गाउंपालिकाका नन्दनगर, बासंखोर महादेव लगायतका स्थानीय सर्वसाधारणहरुलाई आवतजावत गर्न सहज भएको छ ।
पुलको उद्घाटन गर्दै गाँउपालिकाका अध्यक्ष निसार अहमद खाले पहिला हाम्रो महादेव गाँउमा आउन बाटो नभएका कारण हामी विरामीलाई काँधमा वोकेर पु¥याउन बाध्य भएको बताए । तर पुल निर्माण भए पछि त्यो समस्या टरेको उनले बताए । उनले भने पुल निर्माण भए पछि यस क्षेत्रका करीब ५० गाउंवासीहरु लाभान्वित हुने भएका छन् ।
कार्यक्रममा गाँउपालिकाका पुर्व प्रमुख प्रशासकिय अधिकृत प्रेम प्रसाद पोखरेलले यहाका जनप्रतिनिधिले अत्यन्तै मेहनतका साथ जनताको मनोभावना बुझेर काम गर्नु भएको बताए ।
सबै विकास निर्माणको काममा शुद्धोधन गाँउपालिकाका जनताको सहकार्य अगामी दिनमा पनि कायम रहने गाँउपालिकाका पुर्व प्रशासकिय अधिकृत अन्नत पाणी मरासीनीले बताए ।
सोही अवसरमा बोल्दै गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद ज्ञवालीले पकै पनि यो पुल निर्माण यहाको स्थानिय जनता, जनप्रतिनिधि कर्मचारिको मायाको प्रतिफल नै रहेको बताए ।
बेति खोलामा पुल निर्माण गर्न गाँउपालिकाका अध्यक्षले सोच ल्याउनु भयो कि विमिहा देखि सोहसा पतरिया जोडेने सडक निकाल्ने जिल्ला समन्वय समितिका सदस्य काजु ताडिवानले बताए । सो अनुसार उक्त पुल निर्माण भएको उनले बताए ।
कार्यक्रम शुद्धोधन गाँउपालिका वडा नं। २ का वडाध्यक्ष मनोज कुमार यादवले पुल निर्माण भएपछि यहाका जनतालाई सहज भएको बताए । गाँउपालिकाले आफ्नो लगानीमा पुल बनाएर उदहरणीय कार्य गरेको बताए ।
कार्यक्रम गाँउपाकिलाका समाजिक विकास अधिकृत ईश्वरी प्रसाद न्यौपानेको सञ्चालनमा भएको थियो । कार्यक्रममा वडा नं। १ का वडाध्यक्ष तिलकराम यादव, वडा नं। ३ नं। का वडाध्यक्ष महिबुद्दिन मुसलमान, वडा नं। ४ का वडाध्यक्ष्म नरेश अहिर, वडा नं। ५ का वडाध्यक्ष अशुतोष कुमार सिंह, वडा नं। ६ का वडाध्यक्ष विजय बहादुर यादव, सुचना अधिकृत सन्तोष श्रीवास्तव, स्थानिय, जनप्रतिनिधि कर्मचारी लगायतको सहभागित रहेको थियो ।