रौशन चौधरी । रौतहट । श्रावण ०४ गते
रौतहट जिल्लाको गरुडा नगरपालिका अन्तर्गत रहेको एक विधालयमा छात्राहरू लाई साइकल वितरण गरिएको छ । सो नगरपालिकाको वडा नम्बर २ स्थित रहेको श्री माध्यमिक विधालय गेडहीगुठ्ठीका करिब ६० जना छात्राहरूलाई साईकल वितरण गरिएको छ । प्रदेश २ सरकारको बेटि पढाउ,बेटी बचाउ अभियान अन्तर्गत सोमबार एक कार्यक्रम बिच साईकल वितरण गरिएको हो । साईकल वितरण कार्यक्रमका प्रमुख अतिथी प्रदेश सांसद तथा प्रदेश २ का विकास सभापति शेख अवदुल कलाम अजाद उर्फ फुलबाबू रह्नु भएको थियो भने विशिष्ट अतिथि गरुडा नगरपालिकाका नगरप्रमुख ईन्नु राय यादव रह्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रदेश सांसद फुल बाबुले भने, साईकल वितरण कुनै ठूलो कार्य र विकास होईन यो कार्यक्रमले बिद्यार्थीमा उत्साह मात्र जगाउने हो । उनले भने, प्रदेश सरकार छोरीको हक हितमा अझ प्रभावकारी कार्यक्रम ल्याउने योजनामा रहेको बताएका छ्न। अभावै अभावमा रहेको माबि गेडहीगुठ्ठीमा यसै आथिर्क वर्षामा स्कुल वाल बाउन्डरी र भवन निर्माण गर्ने समेत प्रतिवद्धता जनाएका छ्न । सोहि कार्यक्रममा उक्त स्कुलका प्राधानाध्यापक जंगबहादुर ठाकुरले आफ्नो मन्त्बय राखदै स्कुलको प्रगति विवरण बारेमा जानकारी दिनु भएका थियो । बिधालयलाई प्राबिधिक बिधालयको रुपमा घोषणा गराउने योजना रहेको प्राधानाध्यापक ठाकुरले बताएका थिए । सो कार्यक्रममा गरुडाका समाजसेवी अनिल यादव, युवा नेता राजकुमार दास तत्मा, कौसल खान मिथला, बिधालयका प्रधानाध्यापक जंगबहादुर ठाकुर शिक्षक तथा शिक्षिका ,सुरक्षाकर्मीहरू लगायत स्थानीय समाजसेवीहरुको उपस्थििति रहेको थियो ।