बाराको चैनपुरमा वडा कार्यालय भवनको वडाध्यक्ष पटेलद्धारा उद्घाटन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ श्रावण ५, मंगलबार (४ साल अघि)
  • ३ पटक पढिएको
बाराको चैनपुरमा वडा कार्यालय भवनको वडाध्यक्ष पटेलद्धारा उद्घाटन


दिपेन्द्र जयसवाल,बारा साउन ४ गते
बाराको परवानीपुर गाउँपालिका वडा नं।४ चैनपुरमा नवनिर्मित वडा कार्यालय भवनको वडाध्यक्ष गजेन्द्रप्रसाद पटेलले उद्घाटन गरेका छन् ।रु ४० लाखको लागतमा निर्मित भवनको उद्घाटन गर्दै वडाध्यक्ष पटेलले आफूले घोषणा गरेबमोजिम वडा कार्यालय भवन निर्माण गरेको बताएका छन् । उनले वडा कार्यालय भवन निर्माणपछि वडाबाट प्रवाह हुने सेवा प्रभावकारी हुने दाबी गरे । उनले यसै वर्ष भवनको दोस्रो तला थप गर्ने प्रतिबद्धता जनाएका छन् । भवन उद्घाटन समारोहमा गापा उपाध्यक्ष सावित्री देवी, वडाध्यक्ष मिश्री महतो, ईश्वरी साह तेली, प्रहरी चौकी बुनियादका इन्चार्ज सुनीलसिंह राजपूत, वडासचिव सन्तोषकुमार नेपालीलगायतको सहभागिता थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस