स्मिथ रजक । गौर । श्रावण ०६ गते
रौतहट जिल्ला दक्षिणी भेग स्थित रहेको ईशनाथ नगरपालिकामा विधुतको पोल तार विस्तार गरिएको छ । ईशनाथ नगरपालिकाको वडा नम्बर ६ मा वडाभरि नै आवश्यकता अनुसार पोल तार जडान गरिएको वडाध्यक्ष रामसवार साहले बताउनु भयो । सो वडाको घिउरा, जोकहा, पल्टुवा,जयनगर टोलमा आज बुधबार विधुतको पोल तार जडान गरिएको हो । विधुतको पोल तार विस्तार नहुँदा सो टोलका मानिसहरू अन्धकारमा बस्न बाध्य भएका थिए । सो टोलहरू बती पुगेपछि स्थानीयहरू हर्षित भएका हुन् । इशनाथका नगर प्रमुख सन्तोष मेहता र वडा नम्बर ६ का वडाध्यक्ष रामसवार साहको विशेष पहमा वडा भरि नै पोलतार तान्ने काम सुचारु गरिएको छ । नेपाल विधुत प्राधिकरण गौर वितरण केन्द्रको विशेष सहयोगमा सो कार्य अगाडि बढाईएको हो ।