रौशन चौधरी । साउन ८ । रौतहट ।
रोैतहट जिल्लाको गौर नगरपालिकामा परम्परागत हानिकारक अभ्यास तथा लैंगिक हिंसा अन्त्यकालागि स्थानीय जनप्रतिनिधिहरु तथा कर्मचारीहरुको क्षमता अभिवृद्धि सम्बन्धि अभिमुखिकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । नगर उप प्रमुख किरण ठाकुरको सभापतित्वमा नगरपालिकाको सभा हलमा सम्पन्न भएको कार्यक्रममा नगरपालिकाको कर्मचारीहरु,नेपाल प्रहरीको तर्फबाट आउनुभएका प्रहरी निरिक्ष सुशील कुमार पाण्डे,स्थानीय जनप्रतिनिधिहरू,तथा बिशेष प्रतिनिधिहरुको सहभागिता रहेको थियोे । महिला सशक्तीकरण अभियान (WEM) र संयुक्त राष्ट्रसंघिय जनसंख्या कोष (युएनएफपिए) को सहयोगमा सो अभिमूखिकरण कार्यक्रममा, (WEM)को कार्यक्रम संयोजक जीवन पुडासैनीले प्रशिक्षण दिनेक्रममा कार्यक्रमको उदेश्य झल्काउदै तथा परम्परागत हानिकारक अभ्यासको बारेमा बताउदै (पित्रसतात्मक सोंचाई)बाल बिवाह,छुवाछूत(जातीय विभेद)बालश्रम,दाइजो प्रथा,भ्रुण हत्या,लैंगिक विभेद,बोकसी को आरोपको बारेमासमेत प्रष्टपार्नुभएको थियो। त्यसैगरी (WEM)को कार्यकारिणी निर्देशक उपासना तिवारीले,लैंगिक लैंगिकता लैंगिक विभेद, लैंंगिक हिंसा के हो, लैंगिक हिंसाका स्वरुप र हिंसा कारणहरु र लैंगिक हिंसाका असरहरु बारेमा जानकारी दिदै । लैंगिक समानता सम्बन्धि संवैधानिक व्यवस्था, बालविवाह वहुविवाह, घरेलु, महिलामाथि हुने हिंसा लैंगिकतामा आधारित हिंसाको सवालमा भएको कानुनी प्रावधान तथा नयाँ कानुनी, कानुनी उपचार र उजुरी गर्ने निकाय बारे प्रष्ट पारेकि थिईन। कार्यक्रममा परम्परागत हानिकारक अभ्यास तथा लैङ्गकि हिंसा अन्त्यका लागि स्थानीय जनप्रतिनिधिहरु तथा कर्मचारीहरुको क्षमता अभिवृद्धि सम्बन्धि विशेष छलफल छलफल गरिएको थियो। उक्त कार्यक्रम गौर नगरपालिकाको साथै रौतहटको यमुनामाई गाउँपालिका र गुजरा नगरपालिका मा समेत संचालन भइसकेको(WEM)कि कार्यकारिणी निर्देशक उपासना तिवारीले जानकारी दिएकिछिन।