आरके श्रीवास्तव । रौतहट । श्रावण ११ गते
रौतहट जिल्लाको मौलापुर नगरपालिका अन्तर्गत रहेको एक विधालय भवनको शिलान्यास गरिएको छ । सो नगरपालिकाको वडा नम्बर ५ स्थित रहेको श्री माध्यमिक विधालय लक्ष्मीनियाको विधालय भवनको आइतवार शिलान्यास गरिएको छ । एक कार्यक्रमका बिच मौलापुर नगरप्रमुख रिना कुमारी साहले शिलान्यास गर्नु भएको थियो । विधालयको भवनको अभावको मध्य नजर गर्दै सो विधालयमा संचालित कम्प्यूटर सम्बन्धी प्राविधिक शिक्षालय तथा १०+१२ को लागि चाहिने ८ कोठे भवनको शिलान्यास गर्नु गरिएको छ । प्राविधिक शिक्षाको लागि चाहिने भवनको आवश्यकतालाई पुरा गर्ने र आगामी दिनमा १०+१२ को अध्यापनको लागि सहजता ल्याउने नगरपालिकाले विश्वास लिएको छ ।