धर्मेन्द्र कुमार यादव–गौशाला, साउन १४ गते ।
रक्सी र लागू औषध प्रयोग गरि रंगदारी टैक्स माग गर्दा टैक्स नदुदा माछा व्यापारी माथी बोतल प्रहार गरि घाइते बनाएको छ। महोत्तरीको गौशाला नगरपालिकामा लाग्दै आइरहेको बजारमा माछा व्यापारी माथी बोतल प्रहार गरि घाइते बनाएको छ । विहिबार गौशाला नगरपालिका वडा नं. ५ बस्ने २१ वर्षिय प्रशान्त ठाडा मगरले रंगदारी टैक्स असुली गर्दा औरही न.पा. वडा नं. २ चेपकट बस्ने वर्ष २६ को विहारी सहनीलाई बोतलले प्रहार गरी घाईते बनाएका छन् । माछा बेची रहेको समयमा आएर रंगदारी टैक्सको रुपमा बीस रुपैया देउ भने पछि आफु बीस रुपैया नदिए पछी मदिरा र लागू औषध सेवन गरेको ठाडाले एक्कासी बोतलले टाउकोमा प्रहार गर्दा टाउको फुटी आफू बेहोस भएका कुरा घाइते सहनीले बताएका छ्न । ठाडालाई प्रहरी हिरासतमा राखी अनुसन्धान अगाडी बढाईको र घाईते सहनीलाई गौशाला पोलीक्लिनिकमा उपचार भई रहेको गौशाला ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु प्रदिप वस्यालले बताएको छ ।