सर्मिला नेपाल रौतहट १५, श्रावन
रौतहटको गुजरा नगरपालिका ३ मा पुर्णरुपले अपाङ्ग १५ बर्सिय हबिबु रहमान लाई स्मार्ट व्हील चेयर प्रदान गरिएको छ । जन्मजात अपाङ्ग रहमानलाई ईस्लामिक रिलिफको सहयोगमा आर डी सी नेपालले स्मार्ट व्हील चेयर प्रदान गरेको हो । सिमान्तकृत समुदायहरुमा बाल संरक्षण र कल्याण सुनिश्चितता परियोजना अन्तर्गत व्हील चेयर प्रदान गरेको आर डी सी नेपालका अध्यक्ष पारस हुसेनले बताए । आरडीसी नेपालले रहमानको परिवारको जिबिकोपार्जनका लागि किराना पसलका सामानहरु समेत बितरण गरिएको अध्यक्ष हुसेनले बताए । पुर्णरुपले अपाङ्ग १५ बर्सिय हबिबु रहमानलाई सहयोगको निम्ती लामो समयदेखि नगरपालिका धाउदा र कैयौ पटक निबेदन दर्ता गराउदा समेत आस्वासन बाहेक केही नपाएको स्थानीय एमालेका युवा नेता इश्वर प्रधान (तुला )ले बताए । आरडीसी नेपाल को यस उदाहरणिय सहयोगले पीडित लगायत उनको परिवारलाई ठुलो राहत मिलेको र खुसीको महसुस ब्यक्त गरेको युवा नेता प्रधानले सुनाए । यस्तै सोहि परियोजना अन्तर्गत गुजरा ३ का गौरब लामिछाने(शाही) लाई खाजा पसल संचालनको निम्ति ग्यास चुलो र सिलिन्डर बितरण गरिएको नेता प्रधानले जानकारी दिए । यसका साथै आरडीसी नेपाल बालबालिकाको लाग्गी स्कुल ड्रेस, जुत्ता र स्टेसनरी समानहरु वितरण गरिएको उनले जानकारी दिए ।