आरके श्रीवास्तव । रौतहट । साउन १५ गते
रौतहट जिल्लाको कटहरिया नगरपालिकामा आज शुक्रबार सिलाई मेसिन र स्प्रे टैङकि विरतण गरिएको छ । एक कार्यक्रमका बिच नगरप्रमुख सियाराम कुशवाहाले कटहरिया नगरपालिका द्धारा दिइएको तालिममा सहभागी महिलाहरु लाई एक कार्यक्रमका बिच ३६ वटा सिलाई मेसिन र कृषकहरुलाई ५० वटा स्प्रे टैङकि विरतण गरिएको जनाइएको हो । गरिबी निवारण का लागि लघु उधम बिकास कार्यक्रम( मेडप ) आन्तर्गत कटहरिया नगर पालिकाको आयोजनामा संचालित सीप बिकास तालिममा सहभागी उधमीहरु लाई उपयुक्त प्रबिधि हस्तान्तरण कार्यक्रम गरिएको छ । शुक्रबार कटहरिया नगरपालिको प्राङगणमा नगर प्रमुख कुशवाहाको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरी सिलाई मेसिन र स्प्रें टैङकि विरतण गरिएको हो । सो अवसरमा कटहरिया नगर प्रवक्ता एवम् वडा नम्बर ४ का वडाध्यक्ष चन्दन कुशवाहा, वाड नम्बर १ का वडाध्यक्ष राजकुमार साह लगाएतको सहभागितामा कार्यक्रम सम्पन्न भएको मेयर कुशवाहाका सहयोगी महेश यादवले जानकारी गराउनु भएको हो ।