नबिन यादव सप्तरी । साउन १९ गते ।
शम्भुनाथ नगरपालिका वडा न.४ सखुवा (सप्तरी) स्थित श्री हियालाल मा. वि. सखुवा कचनदाहा र श्री माध्यमिक विद्यालय खोक्सर प्रवाहा, सप्तरीमा साइकल वितरण गरिएको छ । मङ्गलवार भएको एक समारोह आयोजन गर्दै कक्षा ८ क छात्राहरूलाई प्रदेश–२ सरकारको बेटी पढाऊ बेटी बचाउ अभियान अन्तर्गत साइकल वितरण गरियो । कक्षा ८ तह अध्ययनरत श्री हियालाल मा. वि. सखुवा कचनदाहामा २० जना छात्रा साथ साथै श्री माध्यमिक विद्यालय खोक्सर प्रवाहा लाई १७ जना छात्राहरूलाई प्रदेश न. २ का भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री मा. शैलेन्द्र प्रसाद साह ज्यूद्वारा साइकल वितरण गरिएको छ । सोही क्रममा शम्भुनाथ नगरपालिका वडा न.४ का वडा अध्यक्ष अरुण कुमार चौधरीले यस अभियानको प्रशंसा गर्दै यसलाई प्रभावकारी बनाउने भने समेत भन्नुभएको छ । भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री मा. शैलेन्द्र प्रसाद साह ज्यूले भन्नुभयो ‘प्रदेश सरकार वाट जे सहयोग गर्नु पार्छ त्यसमा म कृषि सहकारी मन्त्री भएर पनि शिक्षामा सहयोग गर्नेछु’ समेत बताउनु भयो । उहाँले भन्नुभयो साइकल वितरण गरी छात्राहरूको पहुँचमा शिक्षाको वृद्धि हुने समेत भन्नु भयो। सम्पूर्ण वडा अध्यक्ष , प्रधानाध्यापक , लगायतका उपस्थितिमा कार्यक्रम सम्पन्न भयो ।