नारद कोहार कपिलबस्तु, साउन १९ गते ।
कपिलबस्तुमा बाल विवाह अन्त्यका लागि नगरस्तरिय रणनैतिक योजना तयार परिएको छ । रणनीतिक कार्ययोजना निर्माणका लागि नगरभित्रका सरोकारवालासँग छलफल गरिएको हो । सरोकारवालाहरुले बालबिबाहमुक्त घोषणा गर्नका लागि कस्ता क्रियाकलाप गर्ने भन्ने बारेमा छलफल गरी रणनैतिक कार्ययोजना तयार पारेको हो । कार्यक्रममा बालविवाहलाई न्यूनिकरण गर्न विश्व नै चेतनशिल भएका र यसलाई नियन्त्रण गर्न विभिन्न क्षेत्रबाट प्रयास भईरहेको कपिलबस्तु नगरपालिकाका नगर प्रमुख किरण सिंहले बताए । कपिलबस्तु नगर क्षेत्रमा यसलाई अन्त्य गर्न हामी विभिन्न संघ संस्था मार्फत गाँउ घरमा गएर जनचेतना मुलक कार्यक्रम संचालन गर्दै यसलाई उन्मुलन गरौ भन्ने उद्देश्यका साथ कार्य गरेको उनले बताए । बाल विवाह बारे सबैले प्रत्यक्ष रुपमा जानेका छौ तर अभिव्यक्त गर्न नसकिएको नेपाल पीरवार नियोजना कपिलबस्तुका प्रमुख विष्णु ज्ञवालीले बताए । विवाह भन्ने वित्तिकै प्रजनन् स्वास्थ्यका कुरा, विवाह गरे पछि केटि मन्छे आमा बन्नै पर्छ, बच्चामा आमा बनेपछि त्यो घरमा कुपोषित बालबालिकाको जन्म हुने ज्ञवालीले बताए । तत्कालै बाल विवाहलाई न्यूनिकरण गर्न गह्रो रहेको र यसलाई क्रमिक रुपमा अन्त्य गर्न सकिने कपिलबस्तु नगरपालिका बडा नं. २ का वडा अध्यक्ष राम भजन कलवारले बताए । समाजमा सबै शिक्षित भ एभने मात्र यसलाई उन्मुलन गर्न सकिने उनले बताए । गरीवि अशिक्षा, र जनचेतनाको कमिले गर्दा यसलाई न्यूनिकरण गर्न गह्रो भएको वडा नं. ३ का वडा अध्यक्ष प्रकाश गैरेले बताए । सबै सरोकारवाला निकायको सहयोगले मात्र यसलाई न्यूनिकरण गर्न सकिने उनले बताए । समन्वयकारी भुमिकाको कारणले यसलाई न्यूनिकरण गर्न समास्य भएको वडाध्यक्ष गैरेले बताए । ग्रामिण भेगका जनताको अवस्था र आवश्यकतालाई बुझेर यस्ता कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने वडा नं. ४ का वडा अध्यक्ष रविन्द्र प्रताप तिवारीले बताए । उनले भने आर्थिक आभावका कारणले पनि यस्ता समास्यहरु आएको बताए । कार्यक्रममा बालबिबाह न्युनकणका लागि गर्ने ६ वटा मुख्य बुदाबारे समुह बिभाजन गरेर कार्ययेजना तयार पारेको हो । नेपाल सरकारले तयार पारेको बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीतिका आधारमा रहेर जिल्लामा कसरी बालविवाह अन्त्य गर्न सकिन्छ त्यहीअनुसार कार्ययोजना बनाईएको छ । बाल विवाह बढी हुने जिल्ला मध्ये कपिलबस्तु पनि एक हो । कार्यक्रमा युएनएफपिएका चित्र महतो र शिवलाल यादवले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रम कपिलबस्तु नगरपालिकाको आयोजना, युएनएफपिए र नेपाल परिवार नियोजनको सहयोगमा भएको हो । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधि, बाल संजाल, शिक्षक, धर्मगुरु लगायतको सहभागिता रहेको थियो । कार्यक्रम कपिलबस्तु नगरपालिकाका सामाजिक विकास अधिकृत पदमराज क्षेष्ठको संचालनमा भएको थियो ।